२१ श्रावण २०८३, बिहीबार
,
Latest
कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह धुलिखेल–चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ, पर्यटनदेखि लगानीसम्म सहकार्य विस्तार गर्ने सहमति नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उम्मेदवार सर्टलिस्ट, २५ र २६ साउनमा अन्तर्वार्ता भाषा रुखो भएको स्वीकार्दै गृहमन्त्री गुरुङले मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला कर्पोरेट हाउसका सञ्चालकहरुले श्रमिकको अधिकार खोसेः अध्यक्ष सिम्खडा



अ+ अ-

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले ठूला कर्पोरेट हाउसहरुले श्रम शोषण गर्ने गरेको आरोप लगाउनुभएको छ ।

काठमाडांैमा मंगलवार आयोजित एक कार्यक्रममा उहाँले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरुले श्रमिकहरुलाई अधिकार दिन नमान्ने गरेको आरोप लगाउनुभएको हो ।

उहाँले श्रमिकलाई अधिकार दिनुपर्ने भएकोले कम्पनीहरुले पछिल्लो समय अस्थायी श्रमिकलाई ल्याएर काम गर्ने प्रचलन बढेको उहाँले बताउनु भयो । स्थायी श्रमिकहरु निकालेर अस्थायी श्रमिक भर्ती गर्ने प्रचलनले श्रमिकहरु मारमा परेको उहाँको भनाई छ । स्थायी श्रमिकलाई न्युनतम पारिश्रमीक दिनुपर्ने, प्रत्येक दुई वर्षमा तलववृद्धि गर्नुपर्ने, सामाजिक सुरक्षा लागू गर्नुपर्ने कारणले ठूला भनिएका होटलहरु नै यसबाट पन्छिन खोज्ने गरेको उहाँको दाबी छ । उहाँले होटलहरुमा श्रमिकले पाउने १० प्रतिशत सर्भिस चार्ज पनि नपाउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले ठूला ठूला कर्पोरेट हाउसहरुका वर्नरहरुले सञ्चालन गरेका, कतिपय मल्टीनेशनल कम्पनीहरुले सञ्चालन गरेका होटलहरु आज श्रमिकलाई अधिकार दिनबाट उहाँहरु भाग्न खोज्नुहुन्छ । आज एउटा श्रमिकलाई स्थायी भइसकेपछि उसले सामाजिक सुरक्षाको कुराकानी गर्छ, उसले तलव न्युनतम बेतनको कुरा गर्छ, उसले त्यो सँगै श्रम ऐनले दिएको प्रत्येक दुई वर्षमा सामुहिक सौदाबाजी गर्ने उसले आफ्नो अधिकार प्रयोग गर्न खोज्छ, त्यसकारणले यो उसको अधिकारलाई दिनु हुँदैन भनेर आज आउटसोर्स कम्पनीमार्फत श्रमिकहरुलाई ल्याएर काममा लाउने, स्थायी प्रकृतिका श्रमिकहरुलाई चाहीँ निष्कासन गर्ने जस्तो स्थिति आज बनेको छ ।’ 

उहाँले श्रमिकहरुले श्रमदाताको लगानी र सुरक्षाको चिन्ता गर्ने भएपनि रोजगारदाताहरुले श्रमिकलाई सधैँ बेवास्ता गर्ने गरेको बताउनु भयो ।




भर्खरै