६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभासको करिअरमा झट्का, ‘राधे श्याम’को कमाई फितलो



अ+ अ-

एजेन्सी । सुपरहिट फिल्म बाहुबलीपछि, प्यान इन्डिया स्टार बनेका प्रभासको फिल्म राधे श्यामले बक्स अफिसमा आफ्नो चमत्कार देखाउन सकेको छैन । ‘

पुष्पा–द राइज’ रिलिज भएपछि अल्लु अर्जुनले जस्तै प्रभासले पनि तेलुगु बक्स अफिससँगै हिन्दी बक्स अफिसमा पनि जादू चलाउनेछन् भन्ने सबैको अपेक्षा थियो । तर, यो सम्भव देखिँदैन ।

बक्स अफिसमा राधे श्यामको कूल ओपनिङसँगै प्रभासको प्यान इन्डिया स्टार बन्ने प्रयासलाई ध्वस्त पारिएको छ । ३५० करोडको बजेटमा बनेको यो फिल्म दुई दिनमै फिक्का साबित भएको छ । 

फिल्मको हिन्दी संस्करणले पहिलो दिन चार करोड ५० लाख कमाएको छ । पहिलो दिनको तुलनामा दोस्रो दिन पनि फिल्मको कलेक्शन उस्तै रह्यो ।

फिल्म रिलिज हुनुअघि नै सिनेमाघरमा राधे श्यामको लागि जसरी अग्रिम बुकिङ भइरहेको थियो, त्यसले चलचित्रको अपेक्षा निकै बढेको थियो । तर, रिलिजपछि प्रभासका फ्यानहरु निराश भएका छन् ।

भारतमा राधे श्यामको कलेक्शनको कुरा गर्ने हो भने फिल्मले दोस्रो दिन २४ देखि २७ करोड रुपैयाँ कमाएको छ । दोस्रो दिन विश्वव्यापी कलेक्शनमा पहिलो दिनको तुलनामा ६० प्रतिशत कम थियो । आफ्नो बजेट पूरा गर्न मुस्किलले सक्षम हुने देखिन्छ । राधे श्यामलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् । फिल्ममा पूजा हेगडे पहिलो पटक प्रभासको अपोजिटमा देखिइन् । तर अफसोस, उनको जादूले काम गरेन ।