२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर अपराधमा १८ वर्षमाथिका महिला बढी



अ+ अ-

काठमाडौं । साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा महिला संलग्नता बढी रहेको पाइएको हो । नेपाल प्रहरीको साइबर ब्युरोमा चालू आर्थिक वर्षको सात महिना (गत साउनदेखि माघ अन्तिमसम्म) मा साइबर अपराधसँग सम्बन्धित दर्ता भएका १ हजार ९६ उजुरीमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको हो । सो अवधिमा १८ वर्षमुनिका ४४ र १८ वर्षमाथिका १ हजार ५२ जना साइबर अपराधसँग सम्बन्धित कसुरमा संलग्न रहेको पाइएको छ ।

उनीहरूमध्ये ६ सय ३० जना महिला, ४ सय ३६ पुरुष तथा अन्य ३० जना संलग्न रहेको तथ्यांकले देखाएको छ, जसमध्ये सो अवधिमा फेसबुक म्यासेन्जरमार्फत १ हजार ५७ साइबर अपराधसँग सम्बन्धित कसुर भएका छन् । यस्तै, भाइबरमार्फत ५, इमोमार्फत २, युट्युबमार्फत ४ र ट्वीटरसँग सम्बन्धित ३, इन्सटाग्रामसँग सम्बन्धित ७ र अन्य माध्यममार्फत १८ कसुर भएको ब्युरोको तथ्यांकले देखाएको छ । साइबर ब्युरोका उपनिर्देशक एसपी अजय केसीले सामाजिक सञ्जाल प्रयोग गर्दै जाँदा रिस तथा आवेशमा व्यक्ति अपराधजन्य गतिविधिमा संलग्न हुने क्रम बढेको बताए ।

‘कतिपय घटनामा चिनजानका व्यक्तिसमेत संलग्न छन्, कतिपयमा नचिनेका व्यक्तिले पनि सामाजिक सञ्जाल प्रयोग गरेर अपराधजन्य गतिविधि गरिरहेको पाइएको छ,’ एसपी केसीले भने । उनले गलत विवरण ९प्रोफाइल० राखेर सामाजिक सञ्जाल खोल्ने र त्यसको प्रयोगबाट अपराधजन्य गतिविधि बढ्दो क्रममा रहेको बताए । ब्युरोबाट प्राप्त तथ्यांकअनुसार सामाजिक सञ्जालको प्रयोगबाट चिनजान गर्ने, नजिकिने र यसपछि अश्लील क्रियाकलापमा संलग्न हुने, त्यस्ता तस्बिर एकअर्कालाई पठाउने, त्यसबाटै आर्थिक बार्गेनिङ सुरु गर्ने, त्यस्ता अश्लील तस्बिर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिनेलगायत क्रियाकलाप हुँदै आएका छन् ।

यसैगरी, सामाजिक सञ्जालबाटै अन्जान व्यक्तिलाई रिक्वेस्ट पठाउने, विभिन्न प्रलोभन देखाउने र नगद कारोबारमा संलग्न हुन आग्रह गर्ने तथा कारोबार गरिसकेपछि दोहोरो संवाद बन्द हुने अवस्थासमेत बढ्दै गएको छ । यस्ता क्रियाकलापमा पुरुषभन्दा बढी महिला संलग्न रहेको ब्युरोको तथ्यांकमा उल्लेख छ । महिला संलग्नतामार्फत पुरुषलाई सहजै आकर्षित गर्न सकिने भएकाले केही पुरुषले महिलालाई माध्यम बनाएर यस्ता गतिविधि गर्दै आएको पाइएको छ । राजधानी दैनिक