१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा महेश बर्तौलाले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

विघटित प्रतिनिधिसभामा एमालेका मुख्य सचेतक रहेका बर्तौलाले खुल्लातर्फ सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी संस्थापनको प्यानलमा केन्द्रीय सदस्यको प्यानलमा रहेका छन् । बर्तौला गत निर्वाचनमा मकवानपुर–२ बाट विजयी सांसद समेत हुन् ।

बर्तौलाले सामाजिक सञ्जालमार्फत आफूले उम्मेदवारी दिएको जनाउँदै भनेका छन्–
नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मा खुल्ला क्षेत्र तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छु ।

यस जिम्मेवारीका लागी यहाँहरू सम्पुर्णबाट महत्वपुर्ण सहयोगको अपेक्षा राखेको छु ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ ।