१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड



अ+ अ-

बाजुरा।  नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न निष्पक्ष र स्वतन्त्र मताधिकारको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देशसभालाई सदरमुकाम मार्तडीमा सम्बोधन गर्दै रावलले सरकारले जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीलाई निर्वाचनको मिति अघि नै पक्राउ गर्नुपर्ने, लुटेका हातहतियार नियन्त्रणमा लिनुपर्ने बताउनुभयो ।

नेता रावलले कांग्रेस, एमालेको वेथिति र अहङ्कार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी आवश्यक भएको धारणा राख्नुभयो । उहाँले नेपालको स्वाधीनता, जनताको हकअधिकार, गौरव र समृद्धिलाई माथि उठाउन नेपाली कम्युनिष्ट पार्टीले सङ्कल्प गरेको उल्लेख गर्नुभयो ।

एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशी, खगराज भट्ट, प्रकाश शाहलगायतले सभालाई सम्बोधन गरेका थिए।  रासस




भर्खरै