१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न



अ+ अ-

गण्डकी। गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयुक्त आयोजनामा आज पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत सरकारी उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

गोष्ठीमा प्रदेशको समग्र सुरक्षा अवस्थाको विश्लेषणसहित आगामी सुरक्षा रणनीति र कार्यदिशाका विषयमा छलफल भएको गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले जानकारी दिनुभयो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन सुरक्षा योजनामा केन्द्रित रहेर छलफल भएको उहाँले बताउनुभयो ।

गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी गराएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । गोष्ठीमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दङ्गाललगायत सुरक्षाका निकायका प्रमुखले निर्देशनात्मक भनाइ राखेको उहाँले बताउनुभयो ।

“विशेष गरी निर्वाचन सुरक्षा योजनाका विषयमा छलफल भयो, जेनजी आन्दोलनपछिको अवस्थामा सुरक्षा निकायलाई उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीज्यूले निर्देशन दिनुभएको छ”, प्रजिअ शर्माले भन्नुभयो ।

निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गर्न गोष्ठीले सहयोग पु¥याउने गृह मन्त्रालयले जनाएको छ । रासस




भर्खरै