२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई



अ+ अ-

काठमाडौँ ।  नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको सौराहाबाट विदाई गरिएको छ ।

चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई विदाई गरिएको हो ।

हात्तिहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई फलफूल खान दिएर बिदाई गरिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त लगायतले हात्तिलाई माला लगाईदिनुभएको थियो । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो ।

सोहीअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका सात वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसादलाई उपहार स्वरुप कतार पठाउन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिनुभयो । उहाँले विदाई गरिएका हात्तिहरुलाई भैरहवा विमानस्थलबाट पुस २ गते पशु सेवा प्राविधिक र दुई जना माउतेहरुसहित चाटर्ड विमानमार्फत कतार पठाईने बताउनु भयो । उहाँले औपचारिक रुपमा भने भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हस्तान्तरण गर्न तयारी रहेको जानकारी दिनुभयो ।

नेपालले पहिलो पटक अन्य देशलाई हात्ती उपहार दिन लागेको हो । कतारले चार्टर विमानमार्फत खोरसहित हात्तीहरूलाई कतार लानेछ । रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि कतार जाँदैछन् । उनीहरुले त्यहाँ एक महिना बसेर हात्तीको स्याहार र त्यहाँका कर्मचारीलाई तालिम दिने डा पन्तले जानकारी दिनुभयो ।