१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिसन बिना नेकपा एक कदम पनि चल्न सक्दैन: गिरी



अ+ अ-

काठमाडौं । सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गर्नुभयो । ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘‘क्या नेपाल कमयुनिष्ट पार्टीका समाजवाद कमिसनवादके विना टिकेगा ? एक कदम नहि चल सक्ता हे नेकपाका समाजवाद इस कमिसनवादके विना । इसलिने नेपाल कम्युनिष्ट पार्टीके राजनीतिक दस्तावेजमे कमिसनवादको लिगलाइज गर्ते हुए एक च्याप्टर लाए और उस च्याप्टर पे हम बेहस करिङ्गे । कि ये कमिसन वाद और समाजवाद के बीचमे क्या सम्बन्ध हे ? बहुत सुने सामन्तवादको खत्तम किया कम्युनिष्ट पार्टी ने । दलाल पुजिँवादको खत्तम किया कम्युुनिष्ट पार्टी ने । और आके हम अड्के कहाँ हे अब अड्के हे क्रोनी पुँजीवादी मे । अभि नेपालके इस परिवेशमे इसे क्रोनिक पुजिँवाद कहिए या फिर नेकपाका पूँजीवाद कहिँए । इसमे कोही फरक नहिँ हे ।’’

सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाउनुभएको छ । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘विधिका शासन कहाँ गया ? सभामुख महोदय’

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रविति हावी भएको बताउनुभयो । बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उहाँले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गर्नुभयो । हुवाई देखि लिएर यति होल्डिङसम्म सरकार अड्को दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताउनुभयो ।