१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भोजपुरमा आँखा शिविरमा करिव पाँच सयको उपचार, एक सय बढीको शल्यक्रिया

भोजपुरमा आँखा शिविरमा  करिव पाँच सयको उपचार, एक सय बढीको शल्यक्रिया
फाइल फोटो
अ अ+ अ-

भोजपुर।  विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् ।

पहाडी जिल्ला भोजपुरमा नेपाल नेत्रज्योती सङ्घद्वारा हालै आयोजित   तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु तथा समस्या हुने नागरिकको शल्यक्रिया मार्फत आँखाको ज्योती पुनः फर्किएपछि उनीहरु  रमाएका हुन् ।

सेवा पाएका वृद्धवृद्धाले शल्यक्रियामा संलग्न विराटनगर आँखा अस्पतालमा कार्यरत डा रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आशीर्वाद दिनुभयो । शिविरमा डा बस्नेतलगायतका स्वास्थ्यकर्मीको टिमले एक सय १८ जनाको सफल शल्यक्रिया गर्यो । आँखाको शल्यक्रियापछि सेवाग्राहीले खुसी हँुदै भन्नुभयो, “अब आँखा प्रष्ट देख्न पायौँ, हामीलाई खुसी लागेको छ ।”

भोजपुर नगरपालिका–१२ टक्सारको पुरानो डबलीमा सञ्चालन भएको  निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा चार सय ९४ जनाको आँखा परीक्षण गरियो । आर्थिक अवस्था र घरायसी समस्याका कारण अन्यत्र उपचारका लागि जान नसक्ने जिल्लाका नागरिकलाई नजिकै तीनदिने शिविर सञ्चालन भएपछि राहत मिलेको नेपाल नेत्रज्योति सङ्घका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भोजपुर नगरपालिका–१२ मा भएको शिविरमा आँखा परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया, मासु पलाएको, चश्माको पावर जाँचलगायत सेवा प्रदान गरिएको केन्द्रका प्रमखु विजय तामाङले जानकारी दिनुभयो ।

पहाडी जिल्लाहरुमा सञ्चालन गरिने शिविरमा आँखा अस्पताल विराटनगरले प्राविधिक सहयोग गर्दै आइरहेको छ । आँखा समस्या समाधानका लागि ठूला सहरमा जानुपर्दा बढी खर्च हुने गरेको अवस्थामा आफ्नै स्थानीयस्तरमा सञ्चालन हुने शिविर प्रभावकारी देखिने गरेको  नेत्रज्योति सङ्घका सदस्य धर्मराज राईको भनाइ छ ।