१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई
अ अ+ अ-

खोटाङ। राजनीति गर्दैमा अरु कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ ।

यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आउनुभएको छ । स्थानीयले उत्पादन गरेका मकै, फापर–कोदो, धान, तोरीको तेल, राँगाको मासु, रायोको सागलगायत सङ्कलन तथा प्रशोधन गरेर उहाँले बिक्री गर्दै आउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यसमेत रहनुभएकी संविधानसभा सदस्य राईले विसं २०७६ सालमा रु पाँच हजार लगानीमा २५ केजी मकैको च्याँख्ला र दश प्याकेट गुन्द्रुक–सिन्की राखेर व्यवसाय सुरु गर्नुभएको थियो ।

नेता राईको पसलमा अहिले मकैको च्याँख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जीका साथै डालो÷नाङ्लोसम्मका कृषि उपज तथा सामग्री पाइन्छ ।

भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसक्नुभएकी नेता राईलाई सुरुमा व्यापारमा हात हाल्न निकै जोखिम थियो । कृषि उपजको व्यवसायमा बजार कत्तिको राम्रो होला भन्ने अनिश्चितता थियो । तर, परम्परागत स्वाद खोज्ने ग्राहकहरुले नेता राईको पसलप्रति चासो देखाए ।

कृषि व्यवसाय विस्तार हुँदै गएपछि नेता राईले हाल धरान, काठमाडौँ, हङकङ, सिङ्गापुर र स्थानीय हाटबजारसमेतमा सामग्री आपूर्ति गर्दै आउनुभएको छ । विदेशमा नेपालीले मन पराउने परम्परागत खाद्यवस्तुको मागले आफ्नो व्यवसाय अझै विस्तार गर्न मद्दत पुगेको नेता राईले जानकारी दिनुभयो ।

हेटौँडा महाधिवेशनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेता तथा कार्यकर्ताले उत्पादन र उद्यममा पनि जोडिनुपर्छ भन्ने नीतिगत निर्णय गरेपछि उद्यमलाई नियमित, दीर्घकालीन र व्यवस्थितरूपमा अघि बढाउने मनस्थिति बनाएको नेता राईले बताउनुभयो । “पहिलाको समयमा मैले सिङ्गै समय पार्टीलाई दिएकी थिएँ ।

त्यहीँ परिस्थिति पनि थियो । तर, मुलुकमा शान्ति सम्झौता भयो, गणतन्त्र आयो, त्यसपछि पार्टीलाई पूरा समय दिनै नपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो, “सङ्गठनको काम आंशिक रूपमा गरे पनि पुग्ने वातावरण बनेपछि मैले उत्पादनमूलक क्षेत्रमा हात हालेको हुँ ।”

‘नेताले पनि आयआर्जनका स्रोत बनाउनुपर्छ’ भन्ने पार्टीकै निर्णयले यस कामप्रति आफूलाई प्रेरणा मिलेको नेता राईले बताउनुभयो । “किसानसँग घुलमिल हुन पाउँदा सामाजिक चिन्तन बलियो हुन्छ । उपभोक्ता बुझ्दा हाम्रो व्यवहारिक धरातल अझै मजबुत बन्दो रहेछ,” उहाँले भन्नुभयो, “उद्यमले मेरो राजनीतिक जीवनलाई पनि सकारात्मक प्रभाव पारेको छ । राजनीति निःस्वार्थ हुनुपर्छ । राजनीति गर्छु भन्ने सबै नेताले केही न केही आम्दानी हुने व्यवसाय गर्नुपर्छ भन्ने मेरो बुझाइ छ ।”

प्रशोधन केन्द्रमा उत्पादनका लागि कच्चा सामग्री पर्याप्त मात्रामा नपाउनु नै प्रमुख चुनौतीको देखिएको उहाँको भनाइ छ । “सिजनमा त किसानले धेरै सामान ल्याउनुहुन्छ । तर, वर्षभरि समानरूपमा कच्चा पदार्थ पाइँदैन । त्यो नै मुख्य चुनौती हो”, उहाँले भन्नुभयो, “पसलमा आउने हरेक सामानको शत प्रतिशत लागतमा २०–२५ प्रतिशत नाफा जोडेर मूल्य निर्धारण गर्ने गरेकी छु । उपभोक्ताले सधैँ यथार्थ मूल्यमै सामान पाउने गर्नुभएको छ ।”

स्थानीय उत्पादनमा आधारित व्यवसायले रोजगारी, आत्मनिर्भरता र स्थानीय आर्थिक चक्रलाई मजबुत बनाउने जानकारी दिनुहुँदै नेता राईले राजनीति क्षेत्रका अन्य व्यक्तित्वलाई पनि कृषि वा स्थानीय उद्योगमा जोडिन प्रोत्साहन दिनुभएको छ ।

व्यवसायको माध्यमबाट किसान र उपभोक्तासँग सीधा जोडिन पाउँदा सामाजिक तथा राजनीतिक यात्रा नै बलियो भएको नेता राईको बुझाइ छ । सरकारका तीनवटै तह सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा अनुदानमार्फत उत्पादन वृद्धि गर्न सके देशको समग्र अर्थतन्त्रलाई टेवा पुग्ने नेता उहाँ बताउनुहुन्छ ।

दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षसमेत रहनुभएकी राई विसं २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपाल पार्टीबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो । रासस