२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता



अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गर्नुभएको छ।

कास्कीको रुपा गाउँपालिका–५ मा पुगेर उहाँले भदौ २४ गते जेनज़ी प्रदर्शनकाक्रममा कोटेश्वरमा मारिनु भएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारलाई भेट गर्नुभएको हो।

गृहमन्त्रीको निजी सचिवालयका अनुसार भेटमा उहाँले राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपयुक्त प्रबन्ध गर्ने बताउनु भएको छ।

राज्यले उहाँको परिवारलाई सबै तारिकाको भरिपूरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले घटनाप्रति गहिरो शोक प्रकट गर्दै परिवाजनप्रति संवेदना प्रकट गर्नुभयो।

भेटका क्रममा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, प्रदेश प्रमुख सचिव डुन्डुराज घिमिरे, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत उपस्थित हुनुहुन्थ्यो। रासस