१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य



फाइल फोटो
अ+ अ-

काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नेपाल हस्तकला महासङ्घको ५३औँ स्थापना दिवस तथा १४औँ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको  छ भन्नुभयो ।

उद्योगमन्त्री सिन्हाले भन्नुभयो, “नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकला क्षेत्रको आफ्नो विशिष्ट पहिचान रहेकाले यसको विकासमा सरकारले निरन्तर सहयोग रहन्छ ।”

मन्त्री सिन्हाले हस्तकला क्षेत्रमा आवश्यक पर्ने नीतिगत र प्रक्रियागत समस्यालाई सरकारले क्रमशः हल गर्दे लैजाने उल्लेख गर्नुभयो । बागमती प्रदेशका उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले बागमती प्रदेश सरकार हस्तकला क्षेत्रको विकासका लागि निरन्तर लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशभरको ८० प्रतिशत हस्तकला बागमती प्रदेशभित्र भएको जनाउँदै बागमती प्रदेशले आगामी वर्ष हस्तकला दिवस घोषणा गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठले राष्ट्रको पहिचान भनेको कला, संस्कृति भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले शिक्षालाई जागिरभन्दा रोजगारमूलक र व्यावसायिकमूलक बनाउँदै अगाडि बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय हस्तकला विकास नीति ल्याउनका लागि सरकारले पहल थाल्नुपर्ने उहाँको भनाइ थियो । महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले मौलिक र सांस्कृतिक परम्परालाई जीवन्त राख्न महासङ्घले निरन्तर काम गर्दै आइरहेको बताउनुभयो । अध्यक्ष शाक्यले वार्षिक २५ देखि ३० अर्बको हस्तकला निर्यात हुँदै आएको वर्तमान अवस्थामा सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताउनुभयो ।

उहाँले हस्तकला क्षेत्रको विकासका लागि सरकारीस्तरबाट हस्तकला क्षेत्र हेर्नका लागि छुट्टै विभाग स्थापना गर्र्न आग्रह गर्नुभयो । सो अवसरमा हस्तकला क्षेत्रमा महत्वपूर्ण योगदान दिने ७२ वर्ष उमेरभन्दा माथिका अग्रज कलाकारलाई सम्मान गरिएको थियो ।

हस्तकला धेरै निर्यात गर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गरिएको थियो । ५३ वर्ष पहिले स्थापना भएको उक्त महासङ्घमा हाल चार हजार ५०० व्यवसायी तथा कालिगढ आबद्ध रहनुभएको छ । रासस