२८ मंसिर २०८२, आईतवार
,
Latest
विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी सन्दीप लामिछानेले बीपीएल खेल्ने सन्तोष चालिसेविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन्। नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने भन्दै उनीहरू दुवै जनाले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेका हुन्।

जारी केन्द्रीय कमिटी बैठकमा उनीहरूले यसबारे औपचारिक जानकारी गराएका हुन्। ज्ञवाली र शाक्य दुवै जना पार्टीभित्र ईश्वर पोखरेल पक्षसँग खुलेर आबद्ध रहँदै आएका नेताहरू हुन्।

केन्द्रीय कमिटी बैठक बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाएर १९ सदस्यीय बनाउने प्रस्ताव अघि सारेका छन्। तर ओलीको उक्त प्रस्तावलाई ईश्वर पोखरेल पक्षले अस्वीकार गर्दै आएको छ।

आज दिउँसो १२:३० बजेबाट सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र अब तीन बजेका लागि सारिएको छ।