६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

नेपाल ट्रस्टको जग्गा हडप्नेमाथि कारबाही सुरु…

नेपाल ट्रस्टको जग्गा हडप्नेमाथि कारबाही सुरु…
अ+ अ-

काठमाडौं । सरकारले नेपाल ट्रस्टबाट हडपेर व्यक्तिका नाममा दर्ता गरिएका काठमाडौंका विभिन्न स्थानमा रहेका कुल १ सय ७२ रोपनी १५ आना जग्गा पुनः ट्रस्टमै फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ । उपप्रधानमन्त्री तथा नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्ट सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण (श्वेतपत्र) सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । व्यक्तिका नाममा रहेको जग्गा फिर्ता गर्ने प्रक्रियास्वरूप अहिले सरकारले त्यसरी हडपिएका जग्गा खरिद बिक्रीमा रोक लगाएको छ ।

यसैगरी, सरकारले विभिन्न तरिका अपनाएर नेपाल ट्रस्टको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्यमा संलग्न विभिन्न व्यक्तिलाई पनि कारबाही गर्ने भएको छ । ७ वर्षअघि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ट्रस्टबाट मोहीका नाममा कायम गरिएको काठमाडौंका विभिन्न स्थानमा रहेका बहुमूल्य जग्गा भट्टराई ट्रस्टको संरक्षक र पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला व्यक्तिका नाममा पुर्याइएको थियो । भट्टराई नेतृत्वको सरकारले २ कात्तिक २०६९ मा मन्त्रिपरिषद् बैठकबाट निणर्य गरी नेपाल ट्रस्टको जग्गा मोही र उनीहरूको हकवालाका नाममा नामसारी गरिएको थियो ।

त्यतिबेला काठमाडौंको मातातीर्थमा रहेको ५९ रोपनी १ आना ३ पैसा, थानकोट महादेवस्थानमा रहेको १०२ रोपनी ३ पैसा, सतुंगलको १ रोपनी ६ आना १ पैसा, बालाजु र इचंगुमा रहेको १० रोपनी ६ आना १ पैसा गरी कुल १ सय ७२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिका नाममा पुर्याइएको तथ्य फेला पारिएको उपप्रधानमन्त्री तथा नेपाल ट्रस्टका अध्यक्ष पोखरेलले जानकारी गराए । उनले अब यस जग्गा जसरी पनि ट्रस्टकै मातहतमा ल्याइने बताए । पोखरेलले सो जग्गा कानुनबमोजिम ट्रस्टकै नाममा हुने दाबी गरे ।

उपप्रधानमन्त्री पोखरेलले यसबाहेक ट्रस्टको अन्य कुनै पनि सम्पत्ति अपचलन नभएको दाबी गरे । नेपाल ट्रस्टको सम्पत्ति कहीँकतै कानुनविपरीत प्रयोग र भोगचलन नभएको दाबी गर्दै उनले १ सय ७२ रोपनी जग्गा कुन सरकारको पालामा कसरी नक्कली मोही खडा गरेर नामसारी भएको छ भनेर आफूहरूले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई जानकारी गराएको बताए । सोही आयोगमार्फत नै हडपिएको सरकारी जग्गा फिर्ता गर्ने प्रक्रिया थालिएको हो ।

उनले नेपाल ट्रस्टले भर्खरै मात्र यस्तो थाहा पाएर औपचारिक ढंगले उजुरी गरेको बताए । अहिले आयोगले त्यो बेला कुन ढंगले सरकारले निर्णय गरेको थियो भन्नेबारे लेखी पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्र पठाएको समेत जानकारी दिए । ट्रस्टले यसबारे अध्ययन गर्न गठित समितिले गत ७ जेठमा पेस गरेको प्रतिवेदनमा भूमिसम्बन्धी ऐनबमोजिम सरकारको स्वामित्वमा भएको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने उल्लेख गरेको छ । सोही ऐनबमोजिम थानकोट, सतुंगल र मातातीर्थमा रहेको स्व. राजा वीरेन्द्र वीरविक्रम शाह परिवारका नाममा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालयको नाममा कायम हुनुपर्ने राय सो समितिले दिएको थियो ।

पूर्वप्रधानमन्त्री भट्टराई नेतृत्वको सरकारले नेपाल ट्रस्टको नाममा कायम भइसकेका जग्गा व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल ट्रस्ट ऐन, २०६४ को दफा १३ र दफा २४ ले व्यवस्था गरेबमोजिमको प्रक्रिया पूरा गर्नुपर्नेमा सो प्रक्रिया पूरा गरेको नदेखिएको समेत सो समितिले राय दिएको थियो । मोही कायम भएका काठमाडौं जिल्ला साविक मातातीर्थ, थानकोट, महादेवस्थानलगायत स्थानमा रहेको ट्रस्टको जग्गा पूर्ववत् अवस्थामा ट्रस्टकै नाममा कायम हुन आवश्यक देखिएको ठहरसमेत सो समितिले गरेको छ ।

नेपाल ट्रस्टबारे श्वेतपत्र सार्जजनिक गर्दै पोखरेलले हाल यस ट्रस्टको स्वामित्वमा कुल २१ हजार ५ सय ६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गाको लालपुर्जा रहेको जानकारी दिए । मुलुकभरका १२ वटा जिल्लामा यी जग्गा रहेको जानकारी गराउँदै उनले उनले अहिले यस ट्रस्टको सम्पत्ति पारदर्शी ढंगबाट प्रयोग भइरहेको दाबी गरे । यसैगरी, अहिले नेपाल ट्रस्टको चल सम्पत्तितर्फ ७८ करोड ९ लाख ७७ हजार ७ सय ९३ रुपैयाँ नगद मौज्दात विभिन्न बैंकमा राखिएको जानकारी पोखरेलले दिए ।

यस्तै, १ लाख ४८ हजार ५ सय ५१ अमेरिकी डलर, ५० हजार १२४ ब्रिटिस पाउन्ड र विभिन्न बैंकका सेयर पनि सुरक्षित अवस्थामा रहेको जानकारी दिँदै उनले ६ वटा सम्पत्ति पनि कानुनी प्रक्रिया पुर्याएर भाडामा दिइएको बताए । नेपाल ट्रस्टको यस श्वेतपत्रअनुसार गोकर्णको जग्गा गोकर्ण फोरेस्ट रिसोर्ट प्रालि ९साविक एलएम सुभिर ब्रदर्स०लाई लिजमा दिइएको छ । कमलादीस्थित काठमाडौं प्लाजाको भवन कन्सेप्ट डेभलपर्स प्रालि, लाजिम्पाटको जग्गा स्ट्यान्डर्ड चार्टर्ड बैङ नेपाल लिमिटेड, टेकुको जग्गा बिजनेस पार्क टाउन डेभलपर्स प्रालि र दरबारमार्गको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले भाडामा लिएका छन् ।

यसैगरी, ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्स र कालिमाटीको जग्गा थामसेर्कु प्रालिले भाडामा लिएको छ । छोटो अवधिका लागि भाडामा दिइएको सम्पत्तिमा सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, रेडक्रस मार्ग, गरिबी निवारण कोष, रेडक्रस मार्ग, वैदेशिक रोजगार विभाग, ताहाचल, निजामती आवासीय विद्यालय चुलीवन रहेका छन् । राजधानी दैनिक