काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
भृकुटीमण्डपमा केहि बेरअघि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने बताईएको छ ।
यो १०औँ महाधिवेशनबाट चुनिएको एमाले केन्द्रीय कमिटी कार्यकालको अन्तिम बैठक हो ।
केन्द्रीय कमिटी बैठक सकिएपछि दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु हुनेछ ।










