१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो

करार प्रशिक्षकको भरमा प्राविधिक शिक्षा

करार प्रशिक्षकको भरमा प्राविधिक शिक्षा
अ अ+ अ-

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक धारको शिक्षामा स्थायी प्रशिक्षक नियुक्ति नगरिँदा दक्ष जनशक्ति उत्पादनमा प्रश्नचिह्न उठेको छ । करारमा नियुक्त गरिएका प्राविधिक प्रशिक्षक उचित पारिश्रमिक र राम्रो अवसर नपाएको भन्दै अन्यत्र पलायन हुने क्रम बढेको छ । परिषद्ले करारमा कार्यरत प्रशिक्षकलाई परीक्षा लिएर स्थायी बनाउन दीर्घकालीन योजनासमेत बनाउन नसकेकाले दक्ष प्रशिक्षक पनि स्थायी दरबन्दीबिना नै करारमा सेवा दिन बाध्य भएका छन् । अधिकांश प्राविधिक विद्यालयमा कार्यरत प्रशिक्षक करारमै नियुक्त भएका छन् ।

परिषद्का अनुसार ६ सय बढी प्राविधिक प्रशिक्षक करार सेवाअन्तर्गत कार्यरत छन् । यसकारण, योग्य प्राविधिक प्रशिक्षकको अभाव खड्किन सक्ने आँकलन गर्न थालिएको छ । स्थायी कर्मचारीले उपदान, बिमा, औषधि उपचारलगायतका सुविधा पाउँछन् भने करारमा कार्यरतले तोकिएको न्यूनतम तलब मात्रै पाउँछन् । २०७६/७७ मा सीटीईभीटीतर्फ विद्यार्थी भर्ना क्षमताको संख्या ७४ हजार ८ सय ६३ रहेको छ । परिषद्का कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न परिषद् सेवामा कार्यरत प्रशिक्षक तथा कर्मचारीको स्थायी दरबन्दी ९ सय ३२ रहेको छ ।

सोमध्ये २ सय २५ जनाको पद रिक्त छ । परिषद् सेवाका रिक्त २ सय २५ वटा पदमा खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति अघि बढाइएको परिषद्ले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्दै उत्पादित जनशक्तिलाई सीपसँग जोड्न जरुरी रहेको बताए । परिषद्का अध्यक्षसमेत रहेका पोखरेलले प्रत्येक शिक्षालयले उत्पादन एकाइ खोल्नुपर्ने बताउँदै भने, ‘स्थायी कर्मचारी नियुक्त हुँदैनन् । सीप सिकाउने हो, ज्ञान सिकाउने हो ।’ हचुवाको भरमा एउटै पालिकामा विषय जुध्ने गरी प्राविधिक विद्यालय स्थापना गरिएको छ ।

गाउँगाउँमा प्राविधिक शिक्षा पुर्याउने भनिए पनि सो लक्ष्य कार्यान्वयनमा समस्या देखिएको छ । यस्तै, ३ सय ४५ वटा स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याइएको छ । अब ४ सय ८ वटा स्थानीय तहमा प्राविधिक शिक्षा पुग्न बाँकी छ । हालसम्म २ लाख ८९ हजार ५ सय २७ जना जनशक्ति उत्पादन भएको छ, जसअन्तर्गत प्राविधिक एसईईतर्फ २ लाख १६ हजार ३ सय १४ जना र डिप्लोमा तहतर्फ ७३ हजार २ सय १३ जना जनशक्ति उत्पादन भएको परिषद्ले जनाएको छ । तर, ती जनशक्तिको अवस्थाबारे परिषद्ले तथ्यांक अभिलेख नगरेको पाइएको छ ।

परिषद्अन्तर्गत ५९ आंगिक शिक्षालय, २० वटा साझेदारीमा सञ्चालित, ५ सय ३४ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र ४ सय २९ वटा लामो अवधिको कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त निजी शिक्षालय छन् । प्राविधिक शिक्षातर्फ सामुदायिक विद्यालयमा ३१ हजार ३ सय २० जना विद्यार्थी भर्ना भएका छन् । उता, परिषद्लाई सीईओको मोडलमा लैजाने तयारी थालिएको छ ।

शिक्षा सचिव महेशप्रसाद दाहालले परिषद्मा अध्यक्ष रहे पनि उपाध्यक्ष र सदस्य सचिव नरहने बताए । उनले भने, ‘अब उपाध्यक्ष, सदस्य सचिवभन्दा पनि सीईओ (प्रमुख कार्यकारी अधिकृत) मोडेलमा अगाडि बढ्ने सोचमा छौं । यस्तै, सीटीईभीटीको बोर्डमा निजी क्षेत्र पनि आउँछ ।’ राजधानी दैनिक