१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई तीन लाख मूल्यभन्दा बढीका सामग्री सहयोग



अ+ अ-

कञ्चनपुर। जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित असिग्राम माध्यमिक विद्यालयलाई ‘डेस्क–बेन्च’ सहयोग गरिएको छ ।

कम्युनिटी सर्भिस नेपाल ललितपुरले विद्यालयलाई रु तीन लाख २० हजार बराबरका सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो ।

विद्यार्थी सङ्ख्या बढ्दै गएसँगै ‘डेस्क बेन्च’को अभाव देखिएपछि संस्थासँग सहयोगका लागि अनुरोध गरिएकामा सहयोग उपलब्ध भएको र यसले पठनपाठनमा सहज हुने उहाँले बताउनुभयो ।

संस्थाका संयोजक प्रकाश सुवेदीले ग्रामीण तथा सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको बताउनुभयो । रासस