२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई तीन लाख मूल्यभन्दा बढीका सामग्री सहयोग



अ+ अ-

कञ्चनपुर। जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित असिग्राम माध्यमिक विद्यालयलाई ‘डेस्क–बेन्च’ सहयोग गरिएको छ ।

कम्युनिटी सर्भिस नेपाल ललितपुरले विद्यालयलाई रु तीन लाख २० हजार बराबरका सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो ।

विद्यार्थी सङ्ख्या बढ्दै गएसँगै ‘डेस्क बेन्च’को अभाव देखिएपछि संस्थासँग सहयोगका लागि अनुरोध गरिएकामा सहयोग उपलब्ध भएको र यसले पठनपाठनमा सहज हुने उहाँले बताउनुभयो ।

संस्थाका संयोजक प्रकाश सुवेदीले ग्रामीण तथा सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको बताउनुभयो । रासस