१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो रहेको बताउनुभएको छ ।

प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारी एवम् सदस्यसँग आज काठमाडौँमा भएको छलफलमा उहाँले पार्टी पुनःनिर्माणका लागि अझै पनि प्रजातन्त्र सेनानीका अनुभव र सहयोगको खाँचो रहेको बताउनुभएको हो ।

नेता डा कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पु¥याउनुभएको योगदानको उच्च रहेको र त्यसको सधैँ कदर हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्र वरिष्ठ नेता र युवा पुस्ताको मिलनविन्दु आफू भएकोसमेत बताउनुभयो ।

नेता डा कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका कार्यक्रममा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नहुँदा देशमा पछिल्लो परिस्थिति निर्माण भएको जिकिर गर्नुभयो ।

“मैले कोरोना महामारीको समयदेखि नै युवाका लागि केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको थिए, त्यसको सुनुवाइ भएन”,उहाँले भन्नुभयो,“सयौँ योद्धा र युवाको रगत पसिनाले निर्माण भएको पार्टीमा सैद्धान्तिक विचलन आएको छ । अब त्यसको समीक्षा गर्दै पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनःनिर्माण जरुरी छ ।”रासस