२७ मंसिर २०८२, शनिबार
,
Latest
राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई विपद् व्यवस्थापन प्रभावकारी बनाउन ‘स्वयंसेवक तालिम’ नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई



फाइल फोटो
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग(एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल (फेसबुक)मार्फत आज उहाँले विजेता टोलीलाई बधाई दिनुभएको हो ।

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भन्नुभएको छ,“राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।”

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ ।रासस