१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ



अ+ अ-

कास्की। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री  कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताउनुभएको छ ।

उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक दलहरूले विभिन्न समयमा मुलुकमा परिवर्तन ल्याए पनि जनमुखी शासकीय क्षमता प्रर्दशन गर्न नसक्दा जनतामा असन्तुष्टि उत्पन्न भई विद्रोह सुरु भएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, जवाफदेहीताको अभाव, प्रक्रियागत जटिलताले शासन व्यवस्था सुस्त हुँदा पछिल्लो क्रममा जेनजी आन्दोलन उत्पन्न भएको उहाँको भनाइ छ । देशमा आर्थिक समृद्धि हासिल गर्दै सुशासन, समाजिक न्याय, रोजगारीतर्फ अगाडि बढ्दै आपसी सहकार्य समन्वयमार्फत जनचाहना अनुसार सबैले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

छिमेकी देश चीन र भारतले दु्रत गतिमा विकास गरिरहँदा नेपाल प्राकृतिक स्रोतसाधनले धनी भएर पनि पछाडि पर्नुको कारण खोज्नुपर्ने मन्त्री घिसिङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वमा सही व्यक्ति  र युवा आउन जरुरी छ ।” पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले सरकारले भ्रष्टाचाररहित सुशासन, पारदर्शी सेवा, उत्तरदायी नेतृत्व दिन सक्नुपर्नेमा जोड दिनुभयो ।रासस