२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल



अ+ अ-

काठमाडौँ, २७ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्धारा हालै सहिद घोषणा गरिएका दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गर्नुभएको छ । मन्त्री खरेलले शनिबार तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गर्नुभएको हो ।

सञ्चारमन्त्री खरेलको विशेष पहलमा दिवंगत पत्रकार रजकलाई यही मङ्सिर २२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यका तर्फबाट सहिद घोषणा गरेको थियो ।

मन्त्री खरेलले रजकको शोकाकुल परिवारजनलाई भेटेर गहिरो समवेदना प्रकट गर्नु भएको हाे ।

विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजतन्त्र पक्षरको प्रदर्शनको क्रममा श्रब्यदृश्य कैद गर्दा एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारको रुपमा कारर्यत पत्रकार सुरेशको मृत्यु भएको थियो  । प्रदर्शनकारीले आग्जनी गरेको घरमा देश्य कैद गर्नेक्रममा सुरेशको जलेर मृत्युभएको थियो । उक्त घटनामा मृत्यु भएका पत्रकार रजकलाई सहिद घोषणा गर्न रजकको परिवारले माग गर्दै आएको थियो ।

सेा अवसरमा सञ्चारमन्त्री खरेलले स्दिवंगत पत्रकार सुरेश रजक सबै नेपालीविच अमर रहने बताउनुभयेा । उहाँले स्वर्गीय रजक सहिद घोषणा भइसकेकाले सँधैका लागि अमर रहने बताउनुभेा। भेटका क्रममा मन्त्री खरेलले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना प्रकट गर्नुभयो ।

पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्दागर्दै ज्यानै बलिदान दिएकाले नेपाली जनताले कहिल्यै विर्सन नसक्ने मन्त्री खरेलको भनाई थियो । साथै,उहाँले सरकार सँधै पत्रकार रजकका परिवारको सहयोगका लागि तयार रहने बताउनुभयो ।

मन्त्री खरेलले पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले निष्ठावान् पत्रकारको निधनले सञ्चार जगतमा ठूलो क्षति पुगेको बताउँदै रजकले देखाएको व्यावसायिक बाटो सधैँ स्मरणीय रहने उल्लेख गर्नुभयो ।

पत्रकार रजकको मृत्यु भएपछि परिवार तथा आफन्तले सहिद घोषणा तथा घटनाको छानविन गर्न माग गर्दै आएका थिए । उनीहरुको माग संबोधन गर्न सरकारले पत्रकार रजकलाई मंसिर २२ शहीद घोषणा गरेको थियो । साथै मन्त्री खरेलको पहलमा सुरेशकी श्रीमतीलाई रोजगारी समेत मिलाइएको छ । सरकारको कदमप्रति दिवंगत पत्रकार रजकका परिवारजनहरुले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका छन् ।

सुरेशका दाइ रमेश रजकले सरकारले सहिद घोगाणा गरेकाले सुरेशले न्यायपाएको बताउनुभयो । उहाँले करिब सात महिनासम्म ताकेता गर्दापनि विगतको सरकारले कुनै सुनुवाई नगरेको भन्दै वर्तमान सरकारले सहिद घोषणा गरेर परिवारलाई सान्त्वना मिलेको बताउनुभयो ।

दिवंगत पत्रकार रजकका आफन्त पुरुसोत्तम मगियाले पनि सरकारले पत्रकार सुरेशलाई सहिद घोषणा गरेर न्याय दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“सरकारको निर्णय स्वागत योग्य छ, सञ्चारमन्त्री स्वयमले पेशागत जिम्मेवारी निर्बाहका क्रममा मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने कार्यलाई चासो लिएर पहलकदमी गरिदिनुभयो । उहाँको यस कार्यप्रति रजकको परिवार आभारी छ ।