२७ मंसिर २०८२, शनिबार
,
Latest
जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि



अ+ अ-

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपील) को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी पहिलोपटक च्याम्पियन बनेको हो । गत सिजनको उपविजेता सुदूरपश्चिम यो पटक पनि उपविजेता मै सिमित रह्यो ।

८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीलाई उपाधि दिलाउन दिनेश अधिकारीले ४२ रनको विस्फोटक पारी खेले । १३ बल खेलेका उनले ५ छक्का र १ चौका प्रहार गरे । यस्तै, डार्सी शर्टले १४ रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन जोडे ।

वलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए । अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट भयो ।

उसका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन जोडे । यस्तै, विनोद भण्डारी, दीपक बोहरा र पुनित मेहराले खाता समेत नखोली शून्य रनमै पभेलियन फर्किए । हरमित सिंहले १०, स्कट कुगलाइनले १०, शेल्डन ज्याकसनले १, आरिफ शेखले ६ रनमात्रै बनाए ।

वलिङतर्फ लुम्बिनीका रोहित पौडेलले ह्याट्रिकसहित तीन शेर मल्लले र रुवेन ट्रम्पलमानले तीन तीन विकेट लिँदा तिलक भण्डारीले एक विकेट लिए ।

विजेता लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता सुदूरपश्चिमले ५१ लाखमै चित्त बुझायो ।

मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलिले सहभागिता जनाएका थिए । अघिल्लो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।