११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरी भवन उद्घाटन



अ+ अ-

काठमाडौं । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक प्रहरी संगठनमाथि लागेको आरोपबाट मुक्ति पाउन आफै परिवर्तन हुनु्पर्ने बताउनुभएको हो । उहाँले ट्राफिक प्रहरी संगठन विश्वमै परिचित भएकाले सबै प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैबाट चलाउनुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीमा अनुशासन पालना गर्ने कुरामा अझबढी परिवर्तनको आवस्यकता रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘अनुशासन पालना गर्ने कुरामा यसमा अझ बढोत्तरी भएर जाओस, हिजो तपाईहरु नदेखेजस्तो गर्नुहुन्थ्यो भने अव चाहिं हामीलाई पनि देखेजस्तो, मेरो हाकिम जस्तो, मेरो गार्जेन जस्तो अनभुति तपाइहरुलाई होस् ।

परिवर्तन हुने कुरामा प्रहरी कर्मचारीले उदाहरणिय काम गरेर प्रहरी संगठनलाई परिवर्तन गराउन सक्ने र ट्राफिक प्रहरीमाथि लाग्ने आरोबाट बँच्न सकिने बताउनुभयो ।