२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फाईनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक बनाएका छन् ।

उनले १० औ ओभरम लगातार तीन विकेट लिएका हुन् ।

उनले दशौ ओभरको चौथो बलमा दिपेन्द्र सिंह ऐरी, पाँचौमा दीपक बोहरा र छैठौ बलमा पुनीत मेहरालाई आउट गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रेको सुदूरपश्चिमले १२ ओभरको समाप्तिमा ६ विकेट गुमाई ४६ रन बनाएको छ ।