२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण



अ+ अ-

पोखरा । बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ ।

वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको अवस्थालगायतका विषयमा तथ्याङ्क सङ्कलन गर्नका लागि टोल विकास संस्था र आमा समूहका ५० व्यक्तिलाई अभिमुखीकरण तालीम दिएकोे वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिनुभयो ।

सर्वेक्षणमा समग्र परिवारको विषयवस्तुलाई समेटिएको उल्लेख गर्दै उहाँले विशेष प्राथमिकता बालबालिकालाई राखिएको बताउनुभयो । वडाध्यक्ष लामिछानेले बालअधिकारको क्षेत्रमा वडाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउँदै १८ वर्ष उमेर समूहसम्मका बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नका लागि सर्वेक्षणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले बालमैत्री वडा बनाउनका निम्ति यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले वडामा बालबालिकाको लागि खेल मैदान र पार्क स्थापना गर्न अतिआवश्यक रहेकोमा जोड दिनुभयो । वडा नं ९ मा सङ्गम मार्ग टोल विकास संस्था र शान्ति दर्शन टोल विकास संस्था बालमैत्री टोल घोषणा भइसकेका छन् ।