२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताउनुभएको हो ।

उहाँले प्रमुख राजनितिक दलहरु कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्नुहुँदै राजनितिक दलहरु मजबुत हुनुपर्नेमा जोड दिनुभयो । बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उहाँको भनाई छ । उहाँले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई संही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जब मुलकमा मुख्य दलहरु कमजोर वा विभाजित हुन्छन्, तब मुलुकमा निरङ्कुशता हाबी भएको छ । अराजकता मौलाएको छ । पार्टी फुट्दा र जुट्दाको दुवै अनुभव हामीले पनि व्योहोरेका छौँ । बहुदलिय व्यवस्थामा दलहरु सुसंगठित र व्यवस्थित हुनको साथै जनप्रिय हुन पनि उत्तिकै जरुरी छ । यस महाधिवेशनको माध्यामले नेकपा एमालेले आफूलाई अझ परिस्कृत र व्यवस्थित गर्दै समयसापेक्ष दल बनाउन, अझ सुदृढ बनाउन सर्वसम्मत विधि प्रक्रियाबाट सक्षम र योग्य नेतृत्व चयन गर्ने विश्वास हामीले लिएका छौँ । नेकपा एमालेले विधि, विधान र विवेकपूर्ण ढंगबाट निर्वाचित गर्ने सक्षम र सवल नेतृत्वले वर्तमान राष्ट्रिय राजनीतिलाई सही ढंगबाट विश्लेषण गर्दै नेपालको संघिय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्न संविधान निर्माण गर्न सहकार्य गरेका दलहरुसहित अन्य दलहरु र जेनजी पुस्ताका युवा पुस्ताहरुलाई समेत जोडेर सबै दलहरुसँग थप साझेदारी कायम गरी वर्तमान राजनीति चुनौतीलाई सामाना गर्ने आधार निर्माण गर्नुहुनेछ भन्ने नेपाली काँग्रेस पार्टीको तर्फबाट पूर्ण विश्वास दिँदै यस महाधिवेशनको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’ 

उहाँले भदौ २३ र २४ को जेन—जी आन्दोलनले मुलुकलाई गम्भिर समस्यामा धकेलेको पनि बताउनु भयो । नेपालमा ऐतिहासिक सम्पती, विभिन्न राजनितिक दलका कार्यलयहरु जलाईएको उल्लेख गर्दै उहाँले ती अपराधिक क्रियाकलाप गर्नेहरुलाई समयले माफ नगर्ने पनि बताउनु भयो ।