३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का

जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताउनुभएको हो ।

उहाँले प्रमुख राजनितिक दलहरु कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्नुहुँदै राजनितिक दलहरु मजबुत हुनुपर्नेमा जोड दिनुभयो । बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उहाँको भनाई छ । उहाँले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई संही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जब मुलकमा मुख्य दलहरु कमजोर वा विभाजित हुन्छन्, तब मुलुकमा निरङ्कुशता हाबी भएको छ । अराजकता मौलाएको छ । पार्टी फुट्दा र जुट्दाको दुवै अनुभव हामीले पनि व्योहोरेका छौँ । बहुदलिय व्यवस्थामा दलहरु सुसंगठित र व्यवस्थित हुनको साथै जनप्रिय हुन पनि उत्तिकै जरुरी छ । यस महाधिवेशनको माध्यामले नेकपा एमालेले आफूलाई अझ परिस्कृत र व्यवस्थित गर्दै समयसापेक्ष दल बनाउन, अझ सुदृढ बनाउन सर्वसम्मत विधि प्रक्रियाबाट सक्षम र योग्य नेतृत्व चयन गर्ने विश्वास हामीले लिएका छौँ । नेकपा एमालेले विधि, विधान र विवेकपूर्ण ढंगबाट निर्वाचित गर्ने सक्षम र सवल नेतृत्वले वर्तमान राष्ट्रिय राजनीतिलाई सही ढंगबाट विश्लेषण गर्दै नेपालको संघिय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्न संविधान निर्माण गर्न सहकार्य गरेका दलहरुसहित अन्य दलहरु र जेनजी पुस्ताका युवा पुस्ताहरुलाई समेत जोडेर सबै दलहरुसँग थप साझेदारी कायम गरी वर्तमान राजनीति चुनौतीलाई सामाना गर्ने आधार निर्माण गर्नुहुनेछ भन्ने नेपाली काँग्रेस पार्टीको तर्फबाट पूर्ण विश्वास दिँदै यस महाधिवेशनको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’ 

उहाँले भदौ २३ र २४ को जेन—जी आन्दोलनले मुलुकलाई गम्भिर समस्यामा धकेलेको पनि बताउनु भयो । नेपालमा ऐतिहासिक सम्पती, विभिन्न राजनितिक दलका कार्यलयहरु जलाईएको उल्लेख गर्दै उहाँले ती अपराधिक क्रियाकलाप गर्नेहरुलाई समयले माफ नगर्ने पनि बताउनु भयो ।