२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय तह



अ+ अ-

जाजरकोट । पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माण शुरु भएको छ । “स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भन्नुभयो ।

पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु भएको नगर प्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको हो । नौ स्वास्थ्य संस्थाका भवनसमेत निर्माण शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

बिरामीको सहजताका लागि नगरपालिकाले एम्बुलेन्स सेवासमेत शुरु गरिएको जनाएको छ । गर्भवती, ज्येष्ठ नागरिक र प्राकृृतिक प्रकोपमा परेकालाई सो सेवामा छुट दिने कार्यविधिमा उल्लेख रहेको छ । सदरमुकामका स्वास्थ्य सेवा कार्यालयबाहेक सबै स्वास्थ्य संस्था स्थानीय तहको मातहतमा आइसकेको छ । स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याएको नगरप्रमुख महतराले जानकारी दिनुभयो ।

भेरी नगरपालिकाले सदरमुकामको अस्पताललाई व्यवस्थित गरेर सेवा प्रवाहमा सहयोग गर्दै आएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । नगरपालिकाले पाँचभन्दा बढी नयाँ स्वास्थ्य संस्थाका भवन निर्माण जारी राखेको छ ।

त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले वडा ७ छोटेबगरस्थित सिम्ली स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १५ श्ययाको बनाई सेवा शुरु गरेको छ  । सो स्वास्थ्य संस्थामा डा कविन बस्नेतले सेवा दिनुभएको छ । “ गाउँपालिकामा १५ र नगरपालिकामा २५ श्ययाको अस्पताल हुने व्यवस्था हुने नीतिअनुसार नगर अस्पताल बनाएका छौँ”, गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भन्नुभयो । गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले १५ श्ययाको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभयो  । उहाँका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक र विशेषज्ञ चिकित्सक एकजनाको व्यवस्था गरिएको छ भने तीन एमबिबिएस चिकित्सक दरबन्दी कायम गरिएको छ ।

गुणस्तरीय उपचार प्रवाह गर्न छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको बताइएको छ  । अस्पतालमा एक चिकित्सकसहित नर्स, अहेव, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा दिएका छन् । अस्पतालबाट बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्स–रे र सामान्य शल्यक्रिया सेवा शुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, परिवार योजना, कुष्ठरोग निवारण, औषधालय, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको छ  ।

सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल शुरु गर्ने सानीभेरी दोस्रो हो । यसअघि आठबीसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । आठबीसकोट नगर अस्पतालबाट नलगाड नगरपालिकाका बासिन्दाले समेत सेवा लिन पाएका छन् । नगरपालिका अन्य सेवासमेत थपेर लिने योजनामा रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।