२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तोलन गर्दे उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा नेपाली काग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्का , लगायत बिभन्न दलका प्रतिनिधिहरु शुभकामना दिन पुग्नु भएको छ । उद्घाटन समारोहको सञ्चालन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरिरहनु भएको छ ।

देशभरका प्रतिनिधि, नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिसँगै एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उत्साहपूर्ण वातावरणमा अघि बढिरहेको छ । पार्टीले यो महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको रूपमा लिएको छ ।

जननिर्वाचित सरकार ढालेर अराजकहरूको सरकार चलिरहेको सङ्कटको घडीमा एमालेको महाधिवेशन सुरु भएको ज्ञवालीले बताउनुभयो । यस्तो बेलामा गौरवपूर्ण उपस्थितिको लागि उहाँले सबैलाई धन्यवाद दिनुभएको छ । ्तस्बिरः रत्न श्रेष्ठ-रासस

https://www.facebook.com/communistpartynepal/videos/2336128473512655