२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहने छ तीन दिनको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौं । बुधबार पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको छ । न्यून चापीय वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने पूर्वानुमान महाशाखाको अनुमान रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ।

हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन १४ गते (बुधबार)

दिउँसो : देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

राति : देशको मध्य भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १६ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।