२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’



अ+ अ-

काठमाडौँ। सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग अन्योन्याश्रित भएकाले यस क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

ललितपुरको कुमारीपाटीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले सौन्दर्य व्यवसायले देशकै अर्थतन्त्रमा योगदान पुर्याएकाले यस क्षेत्रको प्रवर्द्धनका लागि सबै क्षेत्रको सहयोग आवश्यकता रहेको औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र सीमित गर्न नहुने बताउँदै यस व्यवसायलाई जनजीविकासँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले सौन्दर्य व्यवसायसँग सम्बन्धित उद्यमशीलतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमिस नेपाल रुबि राणाले सौन्दर्य व्यवसायले बेरोजगारी न्यूनीकरण, महिलामा आत्मनिर्भरताको प्रवर्द्धन र सीप विकासमा सहयोग पुर्याएकाले यो क्षेत्र महिलाको क्षमता विकाससँग गाँसिएको बताउनुभयो । उहाँले यस क्षेत्रलाई महिलाको आर्थिक सशक्तीकरणको पाटोबाट पनि हेरिनुपर्ने बताउनुभयो ।

सौन्दर्य क्षेत्रलाई व्यसाय बनाएर सफल उद्यमी बन्नुभएकी ब्युटीसिएन चिनु गुरुङले ‘गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमी’ को ३०औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको कुमारीपाटीमा नयाँ शाखा विस्तार गरिएको जानकारी दिनुभयो ।

उहाँले नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्थाले व्यवसाय प्रवर्द्धनमात्र नभइ महिलाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको दाबी गर्नुभयो ।

सन् १९९५ मा स्थापना भएको उक्त संस्थाले विगत तीन दशकदेखि सौन्दर्य सेवा तथा तालिममार्फत सयौँलाई रोजगारी प्रदान गर्दै आएको छ । संस्थाले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा समाहित गराउँदै आएको छ । रासस