१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत
अ अ+ अ-

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका–४ ठोक्सिङवासकी ४५  वर्षीया ओम कुमारी खाँम्चाको  सनाखत भएको हो ।  अर्को एक जना महिलाको शव भने पहिचान हुन नसकेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइते हुनेमा निस्दी–४ लामेदमारका नौ वर्षीय नेवराज खाम्चा, सोही ठाउँका पाँच वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नरबहादुर सुनारी, ७२  वर्षीया भूमिसरा सुनारी ४१  वर्षीय  सुन्दर सुनार, निजको छोरा १० वर्षीय  लविस सुनार, छोरी  पाँच वर्षीय प्रिन्सा सुनार र २८ वर्षीया मीनाकुमारी सुनारी रहेका छन् । घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । चिउरीवासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफैँ व्याक भएर दुर्घटना भएको जनाइएको छ ।

जिप सडकबाट एक हजार २०० मिटर तर खसेको थियो । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ । रासस