१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

चित्रकार रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू

चित्रकार रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू
अ अ+ अ-

काठमाडौँ। नेपाली आधुनिक कलाको शुभारम्भकालका कलाकार स्वर्गीय रामानन्द जोशीको सम्झनामा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा कला विमर्श भएको छ ।

विसं २०४५ सालमै देशावसान हुनुभए पनि उहाँले आफ्नो सक्रिय जीवनकालमा नेपाली कला क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । गाउँगाउँमा पुगेर दृश्यचित्रको नौलो प्रयोग गर्ने तथा जलरङलाई माध्यम बनाएर फरक शैलीमा कला सृजना गर्ने उहाँको व्यक्तित्व फरक थियो ।

ललितकलाका क्षेत्रमा उहाँले गरेको योगदानको मूल्याङ्कन गर्दै आज प्रतिष्ठानले आयोजना गरेको ‘रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू’ शीर्षकको कला विमर्शमा सहभागीहरूले जोशीले कलाको विकासका लागि दिएको योगदान अतुलनीय रहेको स्मरण गर्नुभयो ।

समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रममार्फत जोशीलाई बौद्धिकता, प्राज्ञिकतामा विस्तृतमा जोडिएको बताउनुभयो । उहाँले कलाका सन्दर्भमा भारतमा सिकेको व्याकरणलाई नेपालीपनमा ढाल्न सक्नु नै जोशीको कलाको बौद्धिकता भएको बताउनुभयो ।

उहाँले सांस्कृतिक सभ्यता र कला पुँजीको रूपमा रहने बताउँदै ललितकलाको विषय जटिल भएको र यो शास्त्रमा कला पनि भएको हुनाले नयाँ पुस्तालाई मार्गनिर्देश गर्न रामानन्द जोशीको समग्र पक्षको अध्ययन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रणवमान सिंह र दीपमाला महर्जनले कला विमर्श गर्नुभएको थियो भने उहाँहरूको प्रस्तुतिमाथि कलाकार मुकेश मल्लले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा टिप्पणी गर्दै कलाकार तथा कला समीक्षक मल्लले कलाकार रामानन्द जोशी दृश्य चित्रका प्रवर्द्धकका रूपमा आफूले चिनेको बताउनुभयो । ज्योतिष परिवारको भएका कारण उहाँ तान्त्रिक कलामा समेत पोख्त रहेको मल्लले सुनाउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले रामानन्द जोशी कलाकार मात्रै नभएर कला अभियन्ता तथा ललितकलाको संस्थागत रूपमा विकास गर्न छुट्टै संस्थाको विकास गरी लैजानुपर्छ भन्ने अग्रज तथा बहुआयामिक व्यक्ति भएको बताउनुभयो ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले आधुनिक शैलीलाई पस्केर विम्बहरू प्रयोगसँगै आध्यात्मिक रूपमा समेत कलाकारितालाई समावेश गर्न सक्ने कलाकार जोशी नयाँ सुरुआत गर्ने व्यक्तित्व भएको बताउनुभयो । उहाँले जोशीका विविध विषयलाई खोजी गरी ‘आर्काइभ’ गरिनुपर्ने बताउनुभयो ।

प्राज्ञ रतनकुमार राईले जोशीले नेपाली ललितकलाको विकासमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । कला समीक्षक रमेशनाथ खनालले जोशीले प्रयोग गर्ने कला टेक्निक अद्भूत रहेको बताउनुभयो । उहाँले जोशी जलरङलाई पनि सोहीअनुसार प्रयोग गर्ने क्षमतावान कलाकार भएको स्मरण गर्नुभयो ।

कलाकार दिवेश प्रधानले कलाकार जोशी तान्त्रिक कलाका साथै दृश्य चित्रका आइडल चित्रकार नै भएको जिकिर गर्नुभयो । विसं १९९५ मा जन्मनुभएका जोशीको २०४५ सालमा निधन भएको थियो ।