काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा मनोनित राष्ट्रिय सभा सदस्य सिफारिसमा कसलाई पठाउने भन्नेबारेमा लफडा सुरु भएके छ । सचिवालय बैठकले उपाध्यक्ष रहेका वामदेव गौतमलाई पठाउने निर्णयविरुद्व अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उभिएपछि नेकपामा लफडा सुरु भएको हो ।
एमसिसी प्रकरणदेखि सभामुख चयन हुँदाबाट सुरु भएको शीर्ष नेताको तिक्तता राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्नेसम्म आईपुग्दा छरपष्ट भएको छ । सचिवालयले संविधान संशोधनको च्याप्टर क्लोज गर्दे उपाध्यक्ष वामदेव गौतमलाई सदस्यमा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
गौतमलाई प्रधानमन्त्री बनाउनेगरी संविधान संशोधनको तयारीको तीव्र विरोध भएपछि भने सो निर्णय सचिवालयले भंग गरेको छ ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । सौर्य दैनिक