२६ मंसिर २०८२, शुक्रबार
,
Latest
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ एमाले सचिवालय बैठक शुरुः महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल कांग्रेस सहमहामन्त्री बद्री पाण्डे आगामी चुनावमा उम्मेदवार नबन्ने गाईलाई चिकेन मोमो खुवाएपछि युट्युबर कुटिए साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली कुन दिशामा टाउको पारेर सुत्नु शुभ हुन्छ ? एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ



अ+ अ-

काठमाडौँ: स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै जेन–जी अभियन्ताहरुले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार उनीहरुले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीहरुको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन् । जेन–जी अभियन्ता शिरिष साहीले एउटा राजनीतिक दलले प्राप्त गर्ने मत भन्दा बढी नेपालीहरु विदेशमा रहेका र उनीहरुले मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग आफूहरुको रहेको बताउनु भयो । आम नागरिकको लडाईं हरेक नागरिकको मताधिकार सुनिश्चित हुनुपर्ने बताउनु भयो ।

जेन–जी अभियन्ता प्रकृति ढकालले नेपाली अट्ने नेपाल ठूलो रहेको बताउँदै मत दिन पाउने अधिकारबाट वञ्चित नगराइदिन आग्रह गरेको बताउनु भयो । श्रोत साधनको समस्या देखाएर सधैँ पन्छिन नमिल्ने उहाँको भनाइ छ । विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

संसारमा १ सय १५ वटा भन्दा बढी देशले विदेशमा रहेका आफ्ना नागरिकको मताधिकार सुनिश्चित गरिसकेको दाबी गर्दै नेपालले गर्न नसक्ने भन्ने नहुने बताउनु भयो । उनीहरुले अन्तरजिल्ला मतदान र प्रवासमा रहेका नेपाली नागरिकको मताधिकारको विषयलाई लिएर आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।–न्युज एजेन्सी नेपाल