२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार



अ+ अ-

छिट्टै सार्वजनिक गरी देशव्यापी बनाइने

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् । नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नक्सा तयार पारेको हो ।

नेपालको नक्सामा ती भूमिलाई समावेश गरी मिचिएको भूमि फिर्ता गर्ने अभियानमा सरकार अघि बढेको भूमि व्यवस्थामन्त्री अर्यालले बताइन् । ‘हामी हाम्रो भूमि छोड्दैनौं त्यसैले मिचिएका सबै भूमिलाई समेटेर नयाँ नक्सा तयार पारिसकेका छौं,’ मन्त्री अर्यालले भनिन् । मन्त्री अर्यालले नया नक्सा छिट्टै सार्वजनिक गरी नक्सालाई देशव्यापी बनाइने बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि नै भएकाले त्यसलाई फिर्ता गर्ने विषयमा भारतीय पक्षसँग कूटनीतिक पहल थालिएको बताउँदै आएका छन् । सरकारले तयार पारेको सो नक्सालाई संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय तथा विद्यालयमा पठाउने तयारी गरिएको छ ।

यसअघि संघीय संसद्का राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत अतिक्रमित नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो । सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा सोही क्षेत्रमा नै पर्छ । तर, विगतका सरकारले ती भूभाग समेटेर नयाँ नक्सा बनाउन सकेका थिएनन् । भारतले केही समयअघि जारी गरेको नयाँ नक्सामा नेपालका ती भूभाग समेटिए भन्दै नेपालमा त्यसको कडा विरोध हुँदै आइरहेको छ ।

नेपालका सीमाविद्ले भारतले नयाँ नक्सा जारी गरेकाले नेपालले पनि आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरी भारतीय पक्षलाई जवाफ दिनुपर्ने बताउँदै आएका छन् । ‘सरकार नेपाली भूमिप्रति चिन्तित र संवेदनशील छ, अतिक्रमित भूमि फिर्ता गर्ने अभियान स्वरूप नयाँ नक्सा तयार पारेका हौं,’ मन्त्री अर्यालले भनिन् । भारतले नेपाली भूमि अतिक्रमण गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले लिखित रूपमै त्यसको विरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता गर्ने पहलस्वरूप राष्ट्रिय सहमतिसमेत कायम गराइसकेका छन् ।

सरकारले कूटनीतिक नोटमार्फत भारतसँग अतिक्रिमित भूमि हटाउन आवश्यक गृहकार्य गर्दै आइरहेको जनाएको छ । भारत र नेपालबीचको सीमा विवाद सुगौली सन्धिदेखिकै भएको र बेलाबेला सीमा समस्या उठ्ने भए पनि यसअघिका कुनै पनि सरकारले भारतीय नक्साको खुलेर विरोध गर्न सकेका थिएनन् । पछिल्लो समयमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि वर्तमान सरकारले इतिहासमै पहिलोपटक विज्ञप्तिमार्फत त्यसको विरोध गरेको थियो ।

भूमाफियाको जालो तोडियो

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकारले भूमाफियाको जालो तोड्न सफल भएको दाबी गरिन् । उनले भूमाफियाबाट अतिक्रमित सरकारी जग्गा फिर्ता अभियानलाई देशव्यापी बनाइएको बताइन् र । उनले मालपोत र नापी कार्यालयलाई बिचौलियामुक्त बनाइएको र कसैले घुस खाएको पाइए कडा कारबाही गरिने चेतावनी दिइन् ।

सुकमबासीका लागि शक्तिशाली आयोग

भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले देशका विभिन्न भागमा रहेका वास्तविक र गरिब सुुकुमबासीका लागि जग्गा वितरण गर्न शक्तिशाली आयोग बनाउने गृहकार्य थालिएको जानकारी दिइन् । ‘जग्गा नभएका गरिब र विपन्न हिचान गरेर जग्गा उपलब्ध गराउने गरी छिट्टै उच्चस्तरीय आयोग गठन गर्नेछौं,’ मन्त्री अर्यालले भनिन् । राजधानी दैनिक




भर्खरै