२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक दिपसागर थापा मगरको नयाँ कौडा ‘फुल जस्तै जोबान’ बजारमा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चर्चित लोकदोहोरी गायक दिपसागर थापा मगरको नयाँ कौडा गीत फुल जस्तै जोबान बजारमा आएको छ । गीतमा एरेन्ज आशु लामाको रहेकोछ भने, निर्देशन दिप गुरुङ्गको रहेको छ । गीतमा कृष्ण सिंजाली, शोभा थापा र कुसुम गुरुङ्गको निकै राम्रो अभिनय रहेको छ । गुरुङ, मगर र दरै जातिको मौलिक नृत्य हो कौडा । विशेष गरेर गण्डक क्षेत्रको तनहुँ, गोरखा, लमजुङ जिल्लाहरु कौडाको खानिको रुपमा लिइन्छ ।

उसोत चितवनको उत्तरि भु–भागलाई पनि कौडाको खानिको रुपमा लिइन्छ । गायक थापा लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा व्यस्त र चर्चित अनुहार हुन् । गायक थापाले यस अघि पनि दर्जनौ गितहरु बजारमा ल्याइसकेका छन् ।

उनको गीतमा मौलिकतालाई प्रथामिकता दिने गर्दछ । दिपसागर थापा मगरकै शब्द र सङ्गीत रहेको गितमा गायीका प्रिति गुरुङ्गले पनि आवाजमा साथ दिएकी छिन् । गायक थापा पछिल्लो समय युवा पुस्ता माझ निकैनै लोकप्रिय र रुचायका लोकदोहोरी गायक समेत हुन् ।