१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धित मुङ्ग्री माछा नष्ट



अ+ अ-

सिरहा। नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले यहाँस्थित गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट बिहीबार उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित एक मोटरसाइकल बरामद गरिएको छ । बरामद गरिएको माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको उहाँले बताउनुभयो ।

सहनीले दैनिक रूपमा करिब आधा दर्जन मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याई लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीलाई आपूर्ति गर्दै आएको स्थानीय बताउँछन् । उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको आरोप छ ।

मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने भएकाले सरकारले प्रतिबन्धित लगाएको छ । अस्वस्थकर वातावरणमा हुर्काइने, रसायनको प्रयोग हुने सम्भावना बढी रहने र यसले स्थानीय वातावरण तथा जलचर प्रणालीमा नकारात्मक असर पार्ने भएकाले नेपालमा यसमाथि प्रतिबन्ध लगाइएको हो ।

बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस