२६ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर प्रतिबन्धित मुङ्ग्री माछा नष्ट मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य धुर्मुसको बकपत्र: रंगशालाको समस्या समाधान भएर हामीले कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ओलीलाई कारबाही गर्ने प्रयास नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्ने चाल: नेतृ रामकुमारी झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धित मुङ्ग्री माछा नष्ट



अ+ अ-

सिरहा। नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले यहाँस्थित गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट बिहीबार उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित एक मोटरसाइकल बरामद गरिएको छ । बरामद गरिएको माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको उहाँले बताउनुभयो ।

सहनीले दैनिक रूपमा करिब आधा दर्जन मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याई लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीलाई आपूर्ति गर्दै आएको स्थानीय बताउँछन् । उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको आरोप छ ।

मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने भएकाले सरकारले प्रतिबन्धित लगाएको छ । अस्वस्थकर वातावरणमा हुर्काइने, रसायनको प्रयोग हुने सम्भावना बढी रहने र यसले स्थानीय वातावरण तथा जलचर प्रणालीमा नकारात्मक असर पार्ने भएकाले नेपालमा यसमाथि प्रतिबन्ध लगाइएको हो ।

बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस