२६ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर प्रतिबन्धित मुङ्ग्री माछा नष्ट मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य धुर्मुसको बकपत्र: रंगशालाको समस्या समाधान भएर हामीले कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ओलीलाई कारबाही गर्ने प्रयास नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्ने चाल: नेतृ रामकुमारी झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा



अ+ अ-

काठमाडौँ। नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आउँदो पुस १० गते फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको हो ।

नेपाल पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रममा नेपालको पर्यटन विकास, जेनजी आन्दोलनपछिको अवस्था, पर्यटन व्यवसायीले भोगेका समस्या र जलवायु परिवर्तनले नेपालको पर्यटनमा पारेको असर लगायतका विषयमाथि छलफल हुनेछ ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ नारा लिएर एनटीपी मल्टिमिडिया ग्रुपले दुई वर्ष अघिदेखि सुरु गरेको फेस्टिभलमा समसामयिक पर्यटनका विषयमा गहन छलफल हुनेछ । नेपालको पर्यटनमा जलवायु परिवर्तनले पारेको असर, जेनजी आन्दोलनपछि पर्यटन प्रवर्द्धनमा देखिएको चुनौति र युवा पर्यटन अभियान्ताका अनुभव समेटेर यसपटकका सेसन तयार गरिएको आयोजक ग्रुपका अध्यक्ष तथा फेस्टिभलका फाउण्डर विष्णु विवेकले जानकारी दिए ।

‘हामी यसपटक नेपालको पर्यटनमा देखिएको तत्कालीन असर र यसले पार्न सक्ने दिगो प्रभावका विषयमा गम्भीर छलफल गर्ने सेसन तयार गर्दैछौँ’ उनले फेस्टिभलको दोस्रो संस्करण घोषणा गर्दै भने, ‘त्यसमध्ये जलवायु परिवर्तनको असर र नेपालका उत्कृष्ट गन्तव्यहरुको अन्तर्राष्ट्रिय प्रवर्द्धनका विषयमा केन्द्रित हुनेछाँै ।’

फेस्टिभलको सुरुवातदेखि स्थापित भएका ‘हिउँ, हिमाल र हिमालय’, ‘माटो, बाटो र दोबाटो’, ट्राभलर एण्ड एक्सप्लोरर’ लगायतका सेसनले यसपटक पनि निरन्तरता पाउँनेछन् । त्यसबाहेक खेल पर्यटन, साहित्य पर्यटन, फोटो पर्यटन लगायतका विषयमा पनि यसपटक छलफल हुने उनले बताए ।

जेनजी आन्दोलनपछि नेपालका समग्र क्षेत्रमा देखिएको युवा नेतृत्वको दबदबा फेस्टिभलमा पनि प्रतिबिम्बित हुनेछ । दोस्रो संस्करणको निरन्तरता र सम्पन्नतापछि फेस्टिभलको तेस्रो संस्करण अमेरिकामा हुनेछ । त्यसबाहेक दोस्रो संस्करणपछि फेस्टिभलका कार्यक्रम तथा अभियानहरु नेपाली डायस्पोरासँग मिलेर नेपालका पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा केन्द्रित हुनेछ ।