१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा



अ+ अ-

काठमाडौँ। नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आउँदो पुस १० गते फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको हो ।

नेपाल पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रममा नेपालको पर्यटन विकास, जेनजी आन्दोलनपछिको अवस्था, पर्यटन व्यवसायीले भोगेका समस्या र जलवायु परिवर्तनले नेपालको पर्यटनमा पारेको असर लगायतका विषयमाथि छलफल हुनेछ ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ नारा लिएर एनटीपी मल्टिमिडिया ग्रुपले दुई वर्ष अघिदेखि सुरु गरेको फेस्टिभलमा समसामयिक पर्यटनका विषयमा गहन छलफल हुनेछ । नेपालको पर्यटनमा जलवायु परिवर्तनले पारेको असर, जेनजी आन्दोलनपछि पर्यटन प्रवर्द्धनमा देखिएको चुनौति र युवा पर्यटन अभियान्ताका अनुभव समेटेर यसपटकका सेसन तयार गरिएको आयोजक ग्रुपका अध्यक्ष तथा फेस्टिभलका फाउण्डर विष्णु विवेकले जानकारी दिए ।

‘हामी यसपटक नेपालको पर्यटनमा देखिएको तत्कालीन असर र यसले पार्न सक्ने दिगो प्रभावका विषयमा गम्भीर छलफल गर्ने सेसन तयार गर्दैछौँ’ उनले फेस्टिभलको दोस्रो संस्करण घोषणा गर्दै भने, ‘त्यसमध्ये जलवायु परिवर्तनको असर र नेपालका उत्कृष्ट गन्तव्यहरुको अन्तर्राष्ट्रिय प्रवर्द्धनका विषयमा केन्द्रित हुनेछाँै ।’

फेस्टिभलको सुरुवातदेखि स्थापित भएका ‘हिउँ, हिमाल र हिमालय’, ‘माटो, बाटो र दोबाटो’, ट्राभलर एण्ड एक्सप्लोरर’ लगायतका सेसनले यसपटक पनि निरन्तरता पाउँनेछन् । त्यसबाहेक खेल पर्यटन, साहित्य पर्यटन, फोटो पर्यटन लगायतका विषयमा पनि यसपटक छलफल हुने उनले बताए ।

जेनजी आन्दोलनपछि नेपालका समग्र क्षेत्रमा देखिएको युवा नेतृत्वको दबदबा फेस्टिभलमा पनि प्रतिबिम्बित हुनेछ । दोस्रो संस्करणको निरन्तरता र सम्पन्नतापछि फेस्टिभलको तेस्रो संस्करण अमेरिकामा हुनेछ । त्यसबाहेक दोस्रो संस्करणपछि फेस्टिभलका कार्यक्रम तथा अभियानहरु नेपाली डायस्पोरासँग मिलेर नेपालका पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा केन्द्रित हुनेछ ।