१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र
अ अ+ अ-

कैलाली। कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरुलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ ।

मेन्थालगायतका जडीबुटीको बेर्ना सस्तोमा उपलब्ध गराउनुका साथै निःशुल्क प्रशोधनसहित उत्पादन भएको तेल खरिद गरेर किसानलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको हो ।

उत्पादन भएको मेन्था निःशुल्क प्रशोधन गर्दै खरिदको काम पनि केन्द्रले गर्दै आएको छ । बर्सेनि मेन्थाखेती गर्ने किसानको लगत सङ्कलन गरेर खेती विस्तार गर्ने काम केन्द्रले गर्दै आएको छ ।

गत वर्ष प्रशोधन केन्द्रले तीन हजार २०० केजी तेल खरिद गरेको थियो । यस वर्ष पाँच हजार केजी तेल खरिद गर्ने लक्ष्य लिइएको छ । मेन्थाको तेल प्रतिकेजी रु एक हजार ५०० मा खरिद गर्दै आएको कार्यालय प्रमुख कमलराज बेलबासेले जानकारी दिनुभयो । प्रशोधन केन्द्रको नाममा टीकापुरमा तीन हेक्टर जमिन छ ।

त्यो जमिनको केही भागमा मेन्था र क्यामोमाइलको बीउ उत्पादन हुन्छ । उत्पादन भएको बीउ किसानलाई प्रतिकेजी रु १२ मा बिक्री गरिँदै आएको छ । क्यामोमाइलको बीउ निःशुल्क वितरण हुँदै आएको छ ।

“एक केजी बीउ उत्पादनमा हामीले झन्डै रु ८६ खर्च गर्दै आएका छौँ । त्यहीँ बीउ किसानलाई रु १२ प्रती केजी वितरण गर्छौं” ,उहाँ भन्नुहुन्छ, “एक बिघा क्षेत्रफलका लागि १२० केजीसम्म बीउ चाहिन्छ ।” कार्यालय प्रमुख बेलबासेका अनुसार एक बिघा क्षेत्रफलमा न्यूनतम १०० केजी तेल उत्पादन गर्न सकिन्छ ।

झन क्यमोमाइलको तेलको मूल्य निकै महँगो छ । एक केजी क्यामोमाइल प्रशोधन केन्द्रले रु १९ हजारमा खरिद गर्दै आएको छ । यसको खेती माघ महिनामा गरिन्छ । किसानले तोरीखेती भित्र्याएर मेन्थाखेती गर्न सकिन्छ भने जेठमा यसलाई भित्र्याउनुपर्छ । त्यसो गर्दा किसानले असारमा सहजै धानखेती पनि गर्न सकिने कार्यालय प्रमुख बेलबासेले बताउनुभयो ।

कार्यालय प्रमुख बेलबासेका अनुसार प्रशोधन केन्द्रके लिप्टिसको पातबाट समेत तेल उत्पादन गर्दै आएको छ । तराईका जिल्लाहरुमा व्यावसायिक रुपमा गरिँदै आएको लिप्टिसका पातलाई प्रशोधन गरेर उत्पादन भएको तेल केन्द्रले प्रतिकेजी रु एक हजार १५० मा खरिद गर्दै आएको छ । गत वर्ष ६०० केजी लिप्टिसको तेल प्रशोधन केन्द्रले उत्पादन गरेको थियो ।

केन्द्रले वार्षिक पाँच हजारभन्दा बढीलाई रोजगारी समेत दिँदै आएको छ । दैनिक ज्यालादारीमा केन्दमा अधिकांश महिलाहरूले काम गर्ने गर्छन् ।

मेन्थाको गोडमेल, दाउरा सङ्कलन, सिँचाइ, बीउ निकाल्ने, तेल प्रशोधनका अन्य काममा केन्दले रोजगारी सिर्जना गर्दै आएको कार्यालय प्रमुख बेलबासे बताउनुहुँन्छ ।

“मैले झण्डै ११ वर्षदेखि यसैमा काम गर्दै आएकी छु”, स्थानीय सम्झना पाण्डेले भन्नुभयो, “घरायसी कामकाज सकेर दिउँसोको समयमा काम पाउँदा घर खर्चको जोहो गर्न अर्को विकल्प खोज्नुपरेको छैन ।” रासस