१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य



अ+ अ-

काठमाडौँ। दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् ।

सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० अङ्कले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५–० अङ्कले र राउन्ड ८ (क्वार्टर फाइनल) मा इरानका काजेमी मेहदीलाई ५–० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनलमा काजकस्तानका खेलाडी बिबोसिनोभ साकेनसँग ५–० अङ्कमा पराजित हुँदै कास्य पदक जितेका हुन् ।

प्रशिक्षक दीपक महर्जनले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जापानमा हुने २० औँ एसियाली खेललाई लक्षित गर्दै यो प्रतियोगितामा सहभागी भएका हौँ ।

ऐतिहासिक उपलब्धि हासिल भएको छ । खुसी छौँ, मलाई लक्ष्य २०२६ का लागि योग्य ठानेर प्रशिक्षक बनाउने विश्वास गर्ने राखेप परिवारलगायत सबैलाई धन्यवाद ।” रासस