२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आउनुभएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताउनुभयो ।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गर्नुभयो । राईका अनुसार १०औँ महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिका कारण स्थायी कमिटीमै बस्नुपरेको थियो ।

राईले आफू पार्टीका हरेक चुनौती र सङ्कटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भन्नुभयो, “म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।” रासस