१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने



अ+ अ-

चितवन। देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गरिएको छ।

यहाँ हुँदै बग्ने नारायणी नदीको देवघाट क्षेत्रमा १५ दशमलव ४ प्रतिशत प्लाष्टिकजन्य फोहर भेटिएपछि प्लाष्टिकमुक्त बनाउन लागिएको हो।

देवघाट क्षेत्र विकास समितिले आज यहाँ पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस क्षेत्रमा हुने प्लाष्टिक प्रयोग नियन्त्रणका लागि तीनवटै स्थानीय तह र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरिने जानकारी दिएको छ ।समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले भने, “अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ, कति सकिन्छ ।”

देवघाट क्षेत्रविकास समितिमातहत पर्ने पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिकमुक्त बनाउने लक्ष्य राखिएको छ।

सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा सहयोग गर्न अनुरोध गरे ।

देवघाटनको दाहसंस्करस्थलको फोहर व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए । रासस