१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले बनाएका सामग्री प्रदर्शनीमा

काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले बनाएका सामग्री प्रदर्शनीमा
अ अ+ अ-

काठमाडौँ। कपडाका टुक्रा, बाँसको सिङ्का र नेपाली कागजका टुक्रा बटुलेर साथीहरुको सामूहिक प्रयासमा बनेका हस्तकलाका सामग्री देखेर सुमनिता बज्राचार्य उत्साहित हुनुहुन्छ ।

उहाँ सुरुमा कठिन लागेको हस्तकलाको सिर्जना साथीहरुको मिलेमतोमा पूरा गर्न पाउँदा सहकार्यको अनुभूति महसुस भएको बताउनुहुन्छ ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा यतिबेला स्नातक तहका विद्यार्थीले सामूहिक रुपमा बनाएका कलात्मक सामग्री प्रदर्शन गरिएको छ ।

युवापुस्ताले परम्परागत कच्चापदार्थ प्रयोग गरेर सांस्कृतिक आकृति झल्किने हस्तकला बनाएका छन् । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इञ्जिनियरिङले सो प्रदर्शनी आयोजना गरेको हो ।

विश्वविद्यालयको कला तथा डिजाइन विभागअन्तर्गत शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीद्वारा कार्यशालाामा सिर्जित कलाकृति ‘रिइम्याजिन ट्रेडिसन–२’ प्रदर्शनी राखिएको हो । यसमा थुप्रै विद्यार्थीको सामूहिक कार्य देख्न सकिन्छ । जसमध्ये, विद्यार्थी सुमनिता ब्रजाचार्य, श्यालभिया महर्जन, कृतिका खत्री र प्रज्ञा अर्याल प्रायः ग्यालरीमा कला अवलोकन गर्न आउने दर्शकलाई स्वागत गर्न बस्नुहुन्छ । उहाँले कला कसरी बनाएको ? भन्ने धेरै दर्शकको प्रश्नलाई उहाँहरु प्रक्रियागत विवरण सुनाउनुहुन्छ ।

साथै बनाउने क्रममा साथीहरुबीच हुने सहकार्य र मिलनपूर्ण व्यवहारको पनि अनुभूति सुनाउनुहुन्छ । “यसअघि समूहमा काम गर्दा कस्तो हुन्छ भन्ने अनुभव बटुल्न पाएको थिएन”, सुमनिताले भन्नुभयो, “कलेजको प्रोजेक्टअन्तर्गत सामूहिक रुपमा हस्तकला बनाउँदा जटिल कुरा पनि सरल तरिकाले सिक्न पाइनेरहेछ ।”

सुमनिताकी साथी श्यालभियाले समूहमा काम गर्दा कतिपय फरक स्वभावलाई स्वीकार गरेर सहकार्य गर्नुपर्ने बानी विकास हुने बताउनुभयो । उहाँले हस्तकला पछिल्लो समय लोप हुँदै गएकाले युवापुस्ता यसको जर्गेनामा लाग्नुपर्ने धारणा राख्नुभयो । त्यसैले पनि उहाँले परम्परागत रुपमा परिचित हस्तकलालाई सिकेर भविष्यमा यही क्षेत्रमा व्यवसायी बन्ने सोच बनाएको बताउनुभयो ।

प्रदर्शनीमा विद्यार्थीले बाँस, नेपाली कागज, धागो, कपडा, फलामका, पराल, कपास, सिसाका टुक्रा, तामाको भाँडालगायत सामग्री जडान गरेर नवीन शैलीका आकृति सिर्जना गर्नुभएको छ । रासस