२५ मंसिर २०८२, बिहीबार
,
Latest
प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना ‘वनफूलको विद्रोह’ कविता कृति विमोचन एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस ‘संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य’ भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा: समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना



अ+ अ-

भोजपुर। भोजपुरको भोजपुर नगरपालिका–९ काफ्लेस्थित जनकल्याण आधारभूत विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ ।

विद्यार्थीहरुलाई समय सापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिदिएको हो ।

१० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी उपलब्ध गराइ यहाँ सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले जानकारी दिनुभयो ।

इ–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक योगराज लुइँटेलले बताउनुभयो । आवश्यकताका आधारमा विद्यालय समय र विद्यालयभन्दा अन्य समयमा समूह निर्माण गरेर प्रविधिमैत्री शिक्षण गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सेन्टर स्थापनाले विद्यार्थीलाई समय सापक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज हुनेछ । अब हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ ।” सबै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उहाँको भनाइ छ । रासस