१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना



अ+ अ-

भोजपुर। भोजपुरको भोजपुर नगरपालिका–९ काफ्लेस्थित जनकल्याण आधारभूत विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ ।

विद्यार्थीहरुलाई समय सापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिदिएको हो ।

१० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी उपलब्ध गराइ यहाँ सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले जानकारी दिनुभयो ।

इ–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक योगराज लुइँटेलले बताउनुभयो । आवश्यकताका आधारमा विद्यालय समय र विद्यालयभन्दा अन्य समयमा समूह निर्माण गरेर प्रविधिमैत्री शिक्षण गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सेन्टर स्थापनाले विद्यार्थीलाई समय सापक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज हुनेछ । अब हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ ।” सबै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उहाँको भनाइ छ । रासस