२५ मंसिर २०८२, बिहीबार
,
Latest
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस ‘संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य’ भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा: समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’ आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा



अ+ अ-

काठमाडौं। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनीले फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

१३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट भयो ।

उसका लागि साम हिजलेटले ३४, मर्चेन्ट डे लाङ्गले १७ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् । नरेन भट्ट फाफ डु प्लेसिस ३, मार्टिन गप्टिल २, शंकर राना ७, बसिर अहमद ३, सन्दीप लामिछाने ३, प्रतिश जिसी २ रनमा आउट हुँदालोकेश बम शून्य रनमा पभेलियन फर्किए ।

वलिङतर्फ लुम्बिनीका तिलक भण्डारीले तीन अभिशेष गौतम रुवेन ट्रम्पलमान र जोनाथन स्मिथले दुई दुई तथा शेर मल्लले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन जोड्यो ।

उसका लागि डार्सी शर्टले ४५, रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९ रन जोडे । रुवेन ट्रम्पलमान ११ रनमा अविजित रहँदा सन्दीप जोरा र जोनाथन स्मिथ शून्य रनमै आउट भए भने दिनेश अधिकारी र दिलिप नाथले एक रनमात्रै बनाउन सके ।

वलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए ।