१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा



अ+ अ-

काठमाडौं। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनीले फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

१३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट भयो ।

उसका लागि साम हिजलेटले ३४, मर्चेन्ट डे लाङ्गले १७ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् । नरेन भट्ट फाफ डु प्लेसिस ३, मार्टिन गप्टिल २, शंकर राना ७, बसिर अहमद ३, सन्दीप लामिछाने ३, प्रतिश जिसी २ रनमा आउट हुँदालोकेश बम शून्य रनमा पभेलियन फर्किए ।

वलिङतर्फ लुम्बिनीका तिलक भण्डारीले तीन अभिशेष गौतम रुवेन ट्रम्पलमान र जोनाथन स्मिथले दुई दुई तथा शेर मल्लले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन जोड्यो ।

उसका लागि डार्सी शर्टले ४५, रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९ रन जोडे । रुवेन ट्रम्पलमान ११ रनमा अविजित रहँदा सन्दीप जोरा र जोनाथन स्मिथ शून्य रनमै आउट भए भने दिनेश अधिकारी र दिलिप नाथले एक रनमात्रै बनाउन सके ।

वलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए ।