१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’



अ+ अ-

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जनताको शान्ति सुरक्षा कायम राख्नु प्रहरी सङ्गठनको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कोशी प्रदेशमा आफू नयाँ भए पनि प्रहरीको कर्तव्यबाट अनुभवी र पूरानै भएकाले यस प्रदेशमा शान्ति सुरक्षाका निम्ति मौजुदा साधन, जनशक्ति र स्रोत सबै परिचालन गर्ने कुरामा जोड दिनुभयो ।

उहाँले सरकारले तोकिएकै समयमा सङ्घीय निर्वाचन सम्पन्न गराउन प्रहरी सङ्गठनले गर्ने सबै कार्य इमान्दारीपूर्वक सम्पादन गर्ने भन्दै निर्वाचनमा कुनै किसिमको डर, त्रास र चिन्ता नलिन आमनागरिकलाई अपिल गर्नुभयो । रासस