विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जनताको शान्ति सुरक्षा कायम राख्नु प्रहरी सङ्गठनको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कोशी प्रदेशमा आफू नयाँ भए पनि प्रहरीको कर्तव्यबाट अनुभवी र पूरानै भएकाले यस प्रदेशमा शान्ति सुरक्षाका निम्ति मौजुदा साधन, जनशक्ति र स्रोत सबै परिचालन गर्ने कुरामा जोड दिनुभयो ।
उहाँले सरकारले तोकिएकै समयमा सङ्घीय निर्वाचन सम्पन्न गराउन प्रहरी सङ्गठनले गर्ने सबै कार्य इमान्दारीपूर्वक सम्पादन गर्ने भन्दै निर्वाचनमा कुनै किसिमको डर, त्रास र चिन्ता नलिन आमनागरिकलाई अपिल गर्नुभयो । रासस










