२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल: फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स र विराटनगर किङ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन जोड्यो ।

उसका लागि डार्सी शर्टले ४५, रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९ रन जोड्दा अन्य ब्याट्सम्यान फ्लप सावित भए । रुवेन ट्रम्पलमान ११ रनमा अविजित रहँदा सन्दीप जोरा र जोनाथन स्मिथ शून्य रनमै आउट भए भने दिनेश अधिकारी र दिलिप नाथले एक रनमात्रै बनाउन सके ।

वलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले तीन-तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए ।

यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।