२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल: फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स र विराटनगर किङ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन जोड्यो ।

उसका लागि डार्सी शर्टले ४५, रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९ रन जोड्दा अन्य ब्याट्सम्यान फ्लप सावित भए । रुवेन ट्रम्पलमान ११ रनमा अविजित रहँदा सन्दीप जोरा र जोनाथन स्मिथ शून्य रनमै आउट भए भने दिनेश अधिकारी र दिलिप नाथले एक रनमात्रै बनाउन सके ।

वलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले तीन-तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए ।

यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।